ङातापोल्हँ मन्दिरको ३२४औँ वर्षबन्धन आज मनाइँदै

ङातापोल्हँ मन्दिरको ३२४औँ वर्षबन्धन आज मनाइँदै : Icon Khabar
तस्बिर: किरण सुवाल

भक्तपुर, असार ३१ । भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदामध्ये एक मानिने ङातापोल्हँ मन्दिरको ३२४औँ वर्षबन्धन आज विविध कार्यक्रमका साथ मनाइँदै छ।

नेपाल संवत् ८२२ को आषाढ शुक्ल प्रतिपदाका दिन (सन् १७०२) निर्माण सम्पन्न भएको यो मन्दिर तीन शताब्दीभन्दा लामो समयदेखि भक्तपुरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानका रूपमा अविचलित रूपमा उभिएको छ। मन्दिरमा सिद्धिलक्ष्मी विराजमान रहेको विश्वास गरिन्छ।

ङातापोल्हँ मन्दिर भक्तपुरका प्रमुख सम्पदामध्ये एक हुनुका साथै स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र पनि हो। परम्परागत नेवारी कला, काष्ठकला तथा वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमा परिचित यो मन्दिर भक्तपुरको गौरवका रूपमा स्थापित छ।

यस वर्षबन्धनका अवसरमा स्थानीयवासी, भक्तजन तथा सम्पदा संरक्षणसँग सम्बन्धित व्यक्तिहरूले मन्दिरको संरक्षण, प्रवर्द्धन तथा यसको ऐतिहासिक महत्त्वलाई थप उजागर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ङातापोल्हँ मन्दिरको ३२४औँ वर्षबन्धन २०८३ असार ३१ गते बुधबार (नेपाल संवत् ११४६ दिल्लाथ्व प्रतिपदा) परेको हो।

Published Date: 15 July 2026


ताजा
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास