मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना

मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, असार २६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही माथि रहे पनि आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना देखिएको छ।

यसकै प्रभावका कारण अहिले देशभर साधारणतया बदली रही कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका हिमाली भूभागका केही स्थान, पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि देशभर अधिकांश बदलीकै अवस्था रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान, मधेश प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी तथा तराईका भूभागहरूमा पनि मध्यम वर्षाको आकलन गरिएको छ।

विशेषगरी रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले नदीतटीय र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Published Date: 10 July 2026
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय