पाँच प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना

पाँच प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना : Icon Khabar

काठमाडौँ, असार २५ । हाल मुलुकभर मनसुनी वायुको आंशिक प्रभाव रहँदा अधिकांश भूभागमा साधारणतया बादल लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपासमा अवस्थित छ। यसकै प्रभावका कारण अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। यो अवधिमा देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिन्छ।

विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ। दिउँसोको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।

आज राति पनि देशभरको मौसममा अधिकांश बदली रहने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ।

यसैगरी मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत जोखिम रहेको छ भने मधेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

Published Date: 09 July 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली