आइतबार सुनको मूल्यमा सामान्य गिरावट

आइतबार सुनको मूल्यमा सामान्य गिरावट : Icon Khabar

काठमाडौँ, असार २१ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य सामान्य घटेको छ । आइतबारको कारोबारमा सुनको मूल्यमा ४ सय रुपैयाँको सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको मूल्य २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने एक तोला सुनको कारोबार २ लाख ९० हजार ७ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ८८५ रुपैयाँ निर्धारण भएको छ ।

सुनसँगै आज चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ १० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ६०५ रुपैयाँ कायम भएको छ ।

Published Date: 05 July 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर