शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असार १९ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य उच्च वृद्धि भएको छ । अघिल्लो दिनको बढोत्तरीलाई निरन्तरता दिने क्रममा आज सुन ७ हजार २ सय रुपैयाँले महङ्गिएको हो ।
नेपाल सुनचाँदी व्यवसाही महासंघले जनाएअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन समेत सुनको भाउ ६ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको थियो । यससँगै सुनको भाउ दुईदिनमा १३ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ ।

आज १० ग्राम सुनको भाउ २ लाख ४९ हजार २३० रुपैयाँ निर्धारण भएको छ ।

सुनसँगै चाँदीपनि आज महङ्गिएको छ । चाँदीको मूल्य १६५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ६१५ रुपैयाँको स्तरमा पुगेको छ ।

Published Date: 03 July 2026