मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार १६ । सेयरबजार परिसूचक नेप्से लगातार घटेर २६ सय विन्दु नजिक आएको छ । मंगलबार नेप्से २४.६३ अंकले घटेर २ हजार ६०८.३३ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३६५ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ३५ कम्पनीका सेयरमूल्य बढेका छन् भने २३५ कम्पनीका सेयरमूलयमा गिरावट आएको छ ।

आज कुल ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम सोमबारको तुलनामा २२ प्रतिशतले बढी हो । आज सेयरबजारमा सूचीकृत सबै समूहको परिसूचक ओरालो लागेका छन् ।

सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १.७४ प्रतिशतले घटेको छ । स्नो रिभर्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक तथा स्वभिामान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेड, याम्बालिङ हाइड्रोपावर तथा सोपान फर्मास्युटिकल्स्का सेयरधनी रहेका छन् ।

Published Date: 30 June 2026


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु