इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू

इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू : Icon Khabar

काठमाडौँ, असार १६ । प्रतिरक्षा प्रणाली (इम्युनिटी पावर) बलियो बनाउन भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्टयुक्त पेय पदार्थहरू अत्यधिक लाभदायक हुन्छन्। बिहान मनतातो पानीमा कागतीको रस वा अमलाको जुस पिउनु सबैभन्दा उत्तम मानिन्छ। यसका साथै ग्रिन टी, अदुवा-तुलसीको चिया र चुकन्दरको जुसले शरीरको रोग प्रतिरोधी क्षमता छिटो बढाउन मद्दत गर्छन्।

पोषणविद् अतुल उपाध्याय दैनिक जीवनमा समावेश गर्न सकिने केही मुख्य पेय पदार्थहरू कागती पानी, बिहान मनतातो पानीमा आधा कागती निचोरेर पिउनाले शरीरमा भिटामिन ‘सी’ प्राप्त हुने र विषाक्त पदार्थ बाहिर निस्कने बताउँछन् ।

अमला र चुकन्दरको जुस
अमलामा भिटामिन सी र चुकन्दरमा पाइने पोषक तत्त्वले रगत बढाउनुका साथै इम्युनिटी बुस्ट गर्छ।अदुवा, मह र तुलसीको चिया: अदुवा र तुलसीको रसमा मह मिसाएर खाँदा रुघाखोकी जस्ता संक्रमणबाट बच्न सकिन्छ।

बेसार र दुध
सुत्ने बेलामा मनतातो दुधमा थोरै बेसार मिसाएर खाँदा शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ।

स्याउको जुस
स्याउले मानव शरीरलाई चाहिले धेरै किसिमका तत्वहरुको परिपूर्ति गर्दछ । दैनिक एउटा स्याउँ खाँदा त्यो व्यक्तिले कहिल्यै डाक्टरकोमा जान पर्दैन भन्ने भनाइ नै छ । त्यसैले स्याउ खानु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

ब्रोकाउली जुस
ब्रोकाउलीको जुस सेवन गर्नाले यसमा पाईने सल्फर ले शरीरको बिषादि हटाउने काम गर्छ र तपाईलाई स्वस्थ रहन मद्दत गर्छ।

कागतीको रस
कागतीको सेवनले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ । कागतीमा प्रसस्त मात्रामा भिटामिन सी एन्टीअक्सीडेनट पाइने हुँदा यसले बिबिध प्रकारका रोगको आक्रमणबाट बचाउँछ।

ग्रिन टी
यसमा पाइने ‘पोलिफेनोल’ नामक एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गर्छ।

Published Date: 30 June 2026
Website | + posts




















ताजा
छोरी आयंकालाई प्रियंकाले लगाइदिइन् भाइटीका, सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस
‘३ किलो बंगुर र २ किलो कुखुराको मासु मात्रै किनेको हुँ’ : मन्त्री पुन
सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन, ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ता सहभागी
आज दिउँसो देशको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?