मंगलबार सुनको मूल्यमा उच्च गिरावट

मंगलबार सुनको मूल्यमा उच्च गिरावट : Icon Khabar

काठमाडौँ, असार १६ । स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुन ४ हजार ५ सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यो गिरावटसँगै सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार २५५ रुपैयाँ कायम भएको छ ।

सुनसँगै आज चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ २५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार २८५ रुपैयाँमा सीमित बनेको छ ।

Published Date: 30 June 2026


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग