भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक

भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक : Icon Khabar
ट्रेङ्गल फोटोग्राफी

भक्तपुर, असार १४ । भक्तपुर सांगीतिक समाजद्वारा आयोजित सांगीतिक पिकनिक कार्यक्रम शनिबार सूर्यविनायकमा सम्पन्न भएको छ। समाजका आजीवन सदस्य, कलाकार, संगीतकर्मी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागितामा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रमको सञ्चालन रामहरी ताम्राकारले गरेका थिए। कार्यक्रममा वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार तथा समाजका सल्लाहकार सुभाषचन्द्र ढुंगेल, प्रतिनिधिसभा सदस्य एवं समाजका आजीवन सदस्य रुकेश रन्जित, निवर्तमान अध्यक्ष प्रविण शाही तथा आजीवन सदस्य एवं संगीतकर्मी सत्यनारायण प्रजापति लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसक्रममा हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका समाजका आजीवन सदस्य रुकेश रन्जितलाई समाजका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै बधाईपत्र हस्तान्तरण गरिएको थियो।

त्यसपछि सत्यनारायण प्रजापति, रुकेश रन्जित, सुभाषचन्द्र ढुंगेल र दीपक जंगमले मन्तव्य राख्दै भक्तपुरको सांगीतिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको हकहितका लागि समाजले निरन्तर सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा लोकप्रिय गायक कुम सागर सहित सहभागी संगीतकर्मीहरूले विभिन्न नेपाली गीतहरूको लाइभ प्रस्तुति दिएका थिए। साथै बिङ्गो तथा अन्य मनोरञ्जनात्मक खेलहरू सञ्चालन गरिएको कार्यक्रमले सहभागीहरूबीच आपसी सद्भाव, भाइचारा र सांगीतिक एकतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ। कार्यक्रममा बाल कृष्ण प्रजापतिको ट्रेङ्गल फोटोग्राफी फोटोग्राफी पार्टनरको रूपमा रहेको थियो।

Published Date: 28 June 2026
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय