६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने

६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने : Icon Khabar

भक्तपुर, असार १० । ६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा नेपाल तथा भारतका विभिन्न सतलोक आश्रमहरूमा आगामी असार १३ देखि १५ गते (जुन २७–२९, २०२६) सम्म तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने भएको छ।

आयोजक पूर्ण ब्रह्म कबिर उपासक समाज नेपाल ले कार्यक्रमअन्तर्गत अखण्ड पाठ, सत्सङ्ग, आध्यात्मिक प्रवचन, निःशुल्क भण्डारा तथा विभिन्न सामाजिक सुधारसम्बन्धी गतिविधिहरू सञ्चालन गरिने जनाएको छ।

आयोजकका अनुसार कबीर साहेब काशीस्थित लहरतारा तलाउमा कमलको फूलमा प्रकट भएको विश्वासका आधारमा प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ। कार्यक्रममार्फत कबीर साहेबसँग सम्बन्धित शिक्षाहरू, आध्यात्मिक विचार तथा मानव एकताको सन्देश प्रवाह गरिने बताइएको छ।

तीन दिने कार्यक्रमअन्तर्गत रक्तदान शिविर, निःशुल्क नाम दीक्षा, दाइजोमुक्त विवाह, स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै कबीर साहेबको जीवन र शिक्षासम्बन्धी प्रदर्शनीसमेत राखिने आयोजकले जनाएको छ।

कार्यक्रम नेपालका विभिन्न सतलोक आश्रमका साथै भारतस्थित आश्रमहरूमा समेत आयोजना हुने जनाइएको छ। आयोजकले कार्यक्रमले सामाजिक सद्भाव, मानवता र आध्यात्मिक चेतना अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

पूर्ण ब्रह्म कबिर उपासक समाज नेपालले इच्छुक श्रद्धालु तथा सर्वसाधारणलाई परिवारसहित कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

Published Date: 24 June 2026


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु