क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य

क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य : Icon Khabar

काठमाडौँ, असार १० । कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भीरबाट टेम्पो फालिएको घटना साम्य भएको छ।

टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पोमा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति रकम दिएपछि विवाद टुंगिएको हो।

वनका कर्मचारीले उनलाई क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएका छन्। धनादेवीले क्षतिपूर्ति पाएसँगै कैलाली प्रहरीको हिरासतमा रहेका सब-डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा पनि थुनामुक्त भएका छन्।

जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई ७-७ हजार धरौटीमा छाडेको छ।

Published Date: 24 June 2026


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग