तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह

तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह : Icon Khabar

काठमाडौं, असार १० । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गरेकी छन्।

आगामी दिनमा धनगढीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान उनले सुनाइन्। वीरेन्द्रनगर र घोराहीको तापक्रम पनि बढ्ने छ ।

ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गरेकी छन्।

Published Date: 24 June 2026


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग