रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, केन्द्रीय समिति चयन प्रक्रिया जारी : Icon Khabar

काठमाडौं, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए।

उनका अनुसार हाल केन्द्रीय समिति सदस्य पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ। उम्मेदवारी दर्ता आज राति १२ बजेसम्म खुला रहनेछ भने भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ। चार हजार ५०० भन्दा बढी मतदाताले मतदान गर्ने अनुमान गरिएको छ, जसका लागि करिब आठ घण्टा समय लाग्ने बताइएको छ।

Published Date: 24 June 2026


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु