रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित : Icon Khabar

काठमाडौं, असार १० । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ को दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

खेलको छैटौँ मिनेटमै कर्नरबाट आएको बललाई उत्कृष्ट फिनिसिङ गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल थप्दै टोलीको अग्रता २–० बनाए। आक्रामक खेल प्रस्तुत गरेको पोर्चुगलका लागि ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफ ३–० को अवस्थामा समाप्त भयो।

दोस्रो हाफमा पनि खेलमाथि पूर्ण नियन्त्रण कायम राखेको पोर्चुगलका लागि ६०औँ मिनेटमा उज्वेकिस्तानका गोलरक्षक अब्दवोहिद नेमातोवको आत्मघाती गोल तथा ८७औँ मिनेटमा राफाएल लीओको गोलले जितलाई थप फराकिलो बनायो। अन्ततः पोर्चुगलले ५–० को एकतर्फी जित हासिल गर्यो।

यसअघि पहिलो खेलमा कङ्गोसँग बराबरी खेलेको पोर्चुगलले यो जितसँगै चार अंक जोड्दै समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार व्यहोरेको उज्वेकिस्तान भने अंकविहीन रहँदै समूहको पुछारमा रहेको छ।

विश्वकपअन्तर्गत आज अन्य महत्वपूर्ण खेलहरू पनि हुँदैछन्। तालिकाअनुसार इङ्ल्याण्ड र घाना, पानामा र क्रोएसिया तथा कोलम्बिया र कङ्गोबीच प्रतिस्पर्धा हुनेछ।

Published Date: 24 June 2026


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग