यसै वर्ष सञ्चालनमा आउने तयारीमा हेटौंडा कपडा उद्योग

यसै वर्ष सञ्चालनमा आउने तयारीमा हेटौंडा कपडा उद्योग : Icon Khabar

काठमाडौं, असार ३ । सरकारले रुग्ण उद्योग पुनः सञ्चालन अभियानअन्तर्गत हेटौंडा कपडा उद्योगलाई यसै वर्ष सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।

प्रतिनिधिसभामा बोल्दै उद्योaग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी ले हेटौंडा कपडा उद्योगसँगै बुटवल धागो उद्योग र कपास खेती कार्यक्रम पनि यसै वर्ष सञ्चालनमा ल्याइने बताइन्।

उनका अनुसार सात सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन भइरहेको छ भने अध्ययनपछि उपयुक्त मोडालिटीमार्फत ती उद्योग सञ्चालनमा ल्याइनेछ। साथै पेट्रोलियम भण्डारण क्षमता विस्तार, औद्योगिक क्षेत्र विकास, खानी तथा पेट्रोलियम अन्वेषण र साना–मझौला उद्योगलाई सहुलियतपूर्ण विद्युत् उपलब्ध गराउने कार्यलाई पनि सरकारले प्राथमिकता दिएको छ।

Published Date: 17 June 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै