बुधबार सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले घट्यो

बुधबार सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, असार ३ । लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार केही करेक्सन देखिएको छ। घरेलु बजारमा सुन प्रतितोला १ हजार २०० रुपैयाँले सस्तिएपछि लगानीकर्ता र उपभोक्ताले केही राहत महसुस गरेका छन्।

पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको सामान्य नरमाहटको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ। पछिल्ला दिनमा भू-राजनीतिक तनाव र सुरक्षित लगानीको आकर्षणले सुनको मूल्य उच्च विन्दुतर्फ उक्लिएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

यद्यपि सुनको मूल्य अझै ऐतिहासिक रूपमा उच्च तहकै आसपास रहेकाले बजारको आगामी दिशा अन्तर्राष्ट्रिय आर्थिक गतिविधि, डलरको अवस्था तथा विश्वव्यापी राजनीतिक घटनाक्रमले निर्धारण गर्ने देखिएको छ।

Published Date: 17 June 2026
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक