आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, असार ३ । आज २०८३ असार ३ गते बुधवार, तद्अनुसार १७ जुन २०२६ । आज जेठ शुक्ल तृतिया, ध्रुव तैतल पुनर्वसु, विश्व खडेरी विरुद्ध संघर्ष दिवस ।

आजको राशिफल

मेष राशि

मेष राशि भएकाहरुको सामाजिक कार्यप्रति आकर्षण बढ्ने छ । मान–सम्मान प्राप्त हुने तथा रोकिएका कामले गति लिने सम्भावना छ । नयाँ योजना बन्ने र कार्यशैलीमा सुधार आउने छ । यद्यपि पुरानो रोग, तनाव तथा विरोधका कारण केही समस्या रहन सक्छ ।

वृष राशि

वृष राशि भएकाहरुलाई लाभका अवसर प्राप्त हुनेछन् । व्यापार तथा जागिरमा प्रगति हुनेछ । परिवारमा खुशीको वातावरण रहने छ । धार्मिक कार्यमा रुचि बढ्ने छ । स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक छ ।

मिथुन राशि

मिथुन राशि भएकाहरुले महत्त्वपूर्ण वस्तुको सुरक्षा गर्नुपर्ने दिन छ । खर्चमा संयम अपनाउनु राम्रो हुनेछ । जीवनसाथीको स्वास्थ्यप्रति चिन्ता बढ्न सक्छ । विवाद र सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि

कर्कट राशि भएकाहरुलाई कानुनी तथा प्रशासनिक काममा सफलता मिल्ने छ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । व्यापार लाभदायी रहने छ । जागिर तथा लगानीमा अपेक्षाअनुसारको परिणाम प्राप्त हुन सक्छ । बोलचालमा संयम आवश्यक छ ।

सिंह राशि

सिंह राशि भएकाहरुको आर्थिक अवस्था सुदृढ बन्ने संकेत छ । व्यापारमा लाभ हुनेछ भने शेयर बजारबाट पनि फाइदा हुन सक्छ । रोजगारीका प्रयास सफल हुनेछन् । पारिवारिक चिन्ता भने रहिरहन सक्छ ।

कन्या राशि

कन्या राशि भएकाहरुलाई मनोरञ्जन तथा शुभ कार्यक्रममा सहभागी हुने अवसर मिल्ने छ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्न सक्छ । प्रभावशाली व्यक्तिबाट मार्गदर्शन मिल्ने छ । स्वास्थ्यमा ध्यान दिनुका साथै आर्थिक कारोबारमा हतार नगर्न सुझाव दिइएको छ ।

तुला राशि

तुला राशि भएकाहरुको काममा अपेक्षाभन्दा बढी मेहनत गर्नुपर्ने देखिन्छ । आम्दानी स्थिर रहने छ । शत्रु पक्ष कमजोर बन्ने छ । दुःखद समाचार प्राप्त हुन सक्ने भएकाले मानसिक तनाव बढ्न सक्छ । अनावश्यक विवादबाट टाढा रहनु उचित हुनेछ ।

वृश्चिक राशि

वृश्चिक राशि भएकाहरुको व्यापार तथा सम्मानमा वृद्धि हुनेछ । रोकिएका काम पूरा हुने सम्भावना छ । पुरानो रोग तथा तनावले भने केही समस्या सिर्जना गर्न सक्छ ।

धनु राशि

धनु राशि भएकाहरुलाई टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुन सक्छ । लगानीका लागि समय अनुकूल देखिए पनि विवाद, सट्टेबाजी तथा हतारबाट जोगिनुपर्ने आवश्यकता छ ।

मकर राशि

मकर राशि भएकाहरुले महत्त्वपूर्ण निर्णय सोचविचार गरेर लिनु पर्ने छ । व्यावसायिक यात्रा सफल हुनेछ । अप्रत्याशित लाभ मिल्न सक्छ । शेयर बजारबाट पनि राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा भने विशेष सावधानी आवश्यक छ ।

कुम्भ राशि

कुम्भ राशि भएकाहरुले अनावश्यक विवाद तथा मजाकबाट टाढा रहनु राम्रो हुनेछ । अप्रत्याशित खर्च बढ्न सक्छ । व्यापार सामान्य रूपमा चल्ने छ । प्रतिष्ठामा वृद्धि हुनेछ । पुरानो रोग दोहोरिन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्छ ।

मीन राशि

मीन राशि भएकाहरुको व्यावसायिक यात्रा सफल हुनेछ । आम्दानीका अवसर बढ्ने छन् । जागिरमा प्रगतिको सम्भावना छ । व्यापारको गति बढ्ने छ । थकान र सामान्य चिन्ता रहन सक्ने भएकाले काममा लापरवाही नगर्न सुझाव दिइएको छ ।

Published Date: 17 June 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु