बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, जेठ २९ । काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटनामा परेको हो।

उक्स बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रविन विष्टले जानकारी दिए।

‘घटनास्थलमै ८ जनाको मृत्यु भएको छ। अहिलेसम्म १६ जनाको उद्धार गरेर धुलिखेल अस्पताल लगिएको छ,’ डिएसपी विष्टले भने।

उनका अनुसार दुर्घटना स्थलमा हेर्दा थप मान्छे भेटिएको छैन। चालकका अनुसार यात्रुहरू त्यति नै छन्।

के कारणले दुर्घटनामा परेको भनेर प्रहरीले बुझिरहेको छ।

Published Date: 12 June 2026






ताजा
बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर
देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
फिफा विश्वकप २०२६: मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को प्रभावशाली जित


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
व्यवहारिक शिक्षाको नयाँ गन्तव्य बन्दै भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड