पश्चिमी र स्थानीय वायुको प्रभाव: देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव: देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, जेठ २८ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ।

यस मौसमी प्रणालीका कारण बुधबार देशभर आंशिकदेखि साधारणतया बादल लाग्नुका साथै देशका अधिकांश भागमा हल्का वर्षा समेत भएको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दिनमा पनि देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मौसममा बदली आउनेछ।

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको छ।

साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने विभागले जनाएको छ।

Published Date: 11 June 2026
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा