अध्यागमनमा डिजिटल टाइम कार्ड कार्यान्वयनमा

अध्यागमनमा डिजिटल टाइम कार्ड कार्यान्वयनमा : Icon Khabar

काठमाडौं, जेठ ७ । अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार विभागमा एक कार्यक्रम गर्दै टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो ।

१३ चैतमा सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० औं बुदाका २३ औं नम्बरमा सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्रयाकिङ योग्य र पारदर्शी बनाई समय र गति समेत जानकारी दिने बताइएको थियो ।

सोही अनुसार डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याइएको विभागका प्रवक्ता टिकाराम ढकालले बताए ।

यो टाइम कार्ड लागु भएसँगै सेवाग्राहीदेखि कार्यालयलाई समेत फाइदा पुग्ने बताइएको छ ।

आवेदनको रियल टाइममा जाँच गर्न सकिने, कार्य सम्पन्न हुने लाग्ने अनुमानित समय थाहा हुने, डिजिटल टाइमकार्ड मार्फत नै शुक्त भुक्तानी हुने, हरेक चरणको सूचना तत्काल थाहा हुने, बारम्बार काउन्टरमा सोधपुछ गर्ने समस्याबाट सेवाग्राही मुक्त हुने बताइएको छ ।

त्यस्तै कार्यालयतर्फ पनि जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुने, तथ्यांकमा आधारित कार्यसम्पादन मुल्यांकन, सेवा प्रवाहमा गति र दक्षता वृद्धि हुने, नागरिकको विश्वास र पारदर्शीता प्रबद्धन हुने, कस्टमर फस्टअनुसार कार्यसम्पादन हुने बताइएको छ ।

यसको प्रयोगका लागि क्युआर गर्न सकिने विभागले जनाएको छ । प्रत्येक शाखाका प्रतिक्षालयमा राखिएको क्यूआर स्क्यान गरेर आवेदन ट्रयाक गर्न सकिने बताइएको छ । त्यस्तै विभागको वेबसाइडमा गएर पनि काम गर्न सकिने बताइएको छ ।

Published Date: 21 May 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली