देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने : Icon Khabar

काठमाडौँ, जेठ ७  । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ। यस मौसमी प्रणालीका कारण देशका विभिन्न प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। देशका बाँकी तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशको तराई क्षेत्र र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्नेछ। यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा भने तातो हावा चल्ने र गर्मी बढ्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी तराई भूभागमा भने राति मौसम मुख्यतया सफा रहनेछ।

Published Date: 21 May 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली