गण्डकी, बागमती र कोशीमा वर्षा, मधेस र कोशीको तराईमा हुरीको सम्भावना

गण्डकी, बागमती र कोशीमा वर्षा, मधेस र कोशीको तराईमा हुरीको सम्भावना : Icon Khabar

काठमाडौँ, जेठ ३ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको दोहोरो प्रभाव रहेका कारण गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका बाँकी भागमा आंशिक बदलीको अवस्था रहनेछ।

यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

यसैबीच, मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तीव्र गतिमा हुरी चल्ने सम्भावना रहेकाले महाशाखाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा भने आज तापक्रम बढ्न सक्ने सम्भावना औँल्याइएको छ।

आज रातिको मौसम भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहने भए पनि बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवम् पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना कायमै रहनेछ। राति पनि तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ।

Published Date: 17 May 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर