मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख २९ । मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २ हजार ७४४.४० विन्दुमा कायम भएको छ ।

आज सेयरबजारमा ३३८ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १३ कम्पनीका सेयरमूल्य मात्रै बढेका छन् । बाँकीमध्ये २५१ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ भने पाँच कम्पनीका सेयरमूल्य स्थिर रहेका छन् । आज कुल १ करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर ४ अर्ब ६६ करोड ५० लाख २१ हजार रुपैयाँमा कारोबार भएका छन् ।

आज सेयरबजारमा सूचीकृत समूहमध्ये म्युचुअल फण्ड समूहको परिसूचक मात्रै सकारात्मक रहेको छ । अरु बाँकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २.३३ प्रतिशतले घटेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था, एसविएल डिवेञ्चर तथा एनआईविएल समृद्धि फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा भने फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, कुमारी धनवृद्धि योजना तथा झापा इनर्जी लिमिटेडका सेयरधनी रहेका छन् ।

Published Date: 12 May 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी