भक्तपुरका मापदण्डविपरीत इँटाभट्टा तत्काल बन्द गर्न सांसद रञ्जितको माग

भक्तपुरका मापदण्डविपरीत इँटाभट्टा तत्काल बन्द गर्न सांसद रञ्जितको माग : Icon Khabar

भक्तपुर, वैशाख २९ । भक्तपुर क्षेत्र नं. १ का सांसद रुकेश रञ्जितले भक्तपुरमा सञ्चालनमा रहेका मापदण्डविपरीतका इँटाभट्टा तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद रञ्जितले भक्तपुर जिल्लामा बढ्दो वायु प्रदूषणको प्रमुख कारण अव्यवस्थित तथा मापदण्डविपरीत सञ्चालन भइरहेका इँटाभट्टा रहेको बताएका हुन्।

उनले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै वातावरण संरक्षण तथा जनस्वास्थ्यलाई ध्यानमा राखी यस्ता इँटाभट्टामाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Published Date: 12 May 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी