त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगलागी, सबै यात्रु सकुशल उद्धार

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगलागी, सबै यात्रु सकुशल उद्धार : Icon Khabar

काठमाडौँ, वैशाख २८ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगलागी भएको छ। आज बिहान करिब पौने सात बजे स्तानबुलबाट आएको उक्त जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्राबाट आगो निस्किएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।

आगो देखिएलगत्तै विमानस्थलमा तयारी अवस्थामा रहेका दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो। घटनापछि जहाजमा रहेका यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

विमानस्थल स्रोतका अनुसार जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन्। आगलागीको कारण तथा जहाजको प्राविधिक अवस्थाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

Published Date: 11 May 2026


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु