सोमबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट

सोमबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख २७ । सोमबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो ।

आज अघिल्लो दिनको तुलनामा आज सुन ४ सय रुपैयाँले सस्तिएको छ ।

यससँगै आज एक तोला सुनको मूल्य २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९८ हजार ९ सय रुपैयाा कायम थियो ।

यसैगरी आज १० ग्राम सुनको भाउ २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउमा भने वृद्धि देखिएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३ सय रुपैयाँ कायम चाँदीको भाउ ४० रुपैयाँले बढ्दै आज ५ हजार ३४० रुपैयाँ कायम भएको छ ।

Published Date: 11 May 2026


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग