अन्तिम बलसम्म पुगेको रोमाञ्चक खेलमा बैंगलुरुको शानदार जित, मुम्बई प्लेअफ दौडबाट बाहिरियो

अन्तिम बलसम्म पुगेको रोमाञ्चक खेलमा बैंगलुरुको शानदार जित, मुम्बई प्लेअफ दौडबाट बाहिरियो : Icon Khabar

काठमाडौँ, वैशाख २८ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न अत्यन्तै रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। रायपुरमा भएको प्रतिस्पर्धामा मुम्बईले दिएको १ सय ६७ रनको लक्ष्य बैंगलुरुले निर्धारित २० ओभरको अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो।

बैंगलुरुको जितमा क्रुणाल पाण्ड्याले उत्कृष्ट अर्धशतकीय पारी खेल्दै ७३ रन बनाए। उनले टोलीलाई दबाबपूर्ण अवस्थाबाट जिततर्फ डोर्‍याउने क्रममा महत्वपूर्ण भूमिका निभाए। यस्तै, जकोब बेथेलले २७ रन, जितेश शर्माले १८ रन तथा देवदत्त पडिक्कलले १२ रनको योगदान दिए।

मुम्बईका बलर कोर्बिन बोशले घातक बलिङ गर्दै ४ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो। मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ५७ रन बनाए भने नमन धिरले ४७ रनको योगदान दिए। साथै, रोहित शर्माले २२ रन, राज बावाले १६ रन तथा विल ज्याक्सले १० रन जोडे।

बैंगलुरुका अनुभवी बलर भुवनेश्वर कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएर मुम्बईको ब्याटिङलाई दबाबमा राखेका थिए।

यस जितसँगै ११ खेलबाट १४ अंक जोडेको बैंगलुरु अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। समान १४–१४ अंक भएका सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स नेट रनरेटका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। उता, ६ अंकमा सीमित मुम्बई इन्डियन्स भने प्लेअफको दौडबाट बाहिरिएको छ।

Published Date: 11 May 2026


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग