काठमाडौँ, वैशाख २५ । आज २०८३ वैशाख २५ गते शुक्रबार, तद्अनुसार ८ मे २०२६ । आज जेठ कृष्ण षष्ठी, शुभ वणिज उत्तरषाढा, विश्व रेडक्रस दिवस, सूर्योदय बिहानः ०५ः१९ बजे, सूर्यास्त साँझः १८ः४२ बजे ।
आजको राशिफल
मेष: नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो ।
वृष: चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उल्झन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ ।
मिथुन राशि: मिथुन राशि भएकाहरुलाई मेहनतको राम्रो परिणाम मिल्ने छ । पुराना असमझदारी हटेर सम्बन्धमा मिठास आउने छ । दाजुभाइसँगको सम्पत्ति विवाद समाधानतर्फ जान सक्छ । नयाँ सम्झौता हुनेछ । अफिसियल यात्रा सम्भव छ । वैवाहिक सम्बन्ध राम्रो रहने छ । शुभ रंगः आकाशे, शुभ अंकः ८
कर्कट राशि: कर्कट राशि भएकाहरुलाई नयाँ जिम्मेवारीले फाइदा दिलाउने छ । लगानीका लागि समय अनुकूल छ । घरमा सानो कुरामा तनाव आउन सक्छ । रिस नियन्त्रण गर्नु होला । मार्केटिङमा ध्यान दिनु लाभदायक हुनेछ । प्रेम सम्बन्ध अझ मधुर बन्ने छ । शुभ रंगः गुलाव, शुभ अंकः ६
सिंह राशि: सिंह राशि भएकाहरुलाई आफन्त अथवा साथीको सहयोगले उत्साह बढ्ने छ । सन्तानको सफलताले खुशी मिल्ने छ । खर्च बढ्न सक्छ । नयाँ प्रविधि अपनाउँदा लाभ मिल्ने छ । जीवनसाथीको साथ सहयोग प्राप्त हुनेछ । शुभ रंगः आकाशे, शुभ अंकः ७
कन्या राशि: कन्या राशि भएकाहरुको पुराना समस्या समाधान हुनेछन् । बालबालिकाको पढाइमा ध्यान बढ्ने छ । कुनै पनि निर्णय शान्त भएर लिनु होला । आज कसैलाई वाचा नगर्नु राम्रो हुनेछ । नयाँ योजना थाल्ने समय अनुकूल छ । कर्मचारीबाट राम्रो सहयोग मिल्ने छ । वैवाहिक तथा प्रेम सम्बन्धमा मधुरता रहने छ । शुभ रंगः बदामी, शुभ अंकः १
तुला राशि: तुला राशि भएकाहरुलाई प्रभावशाली व्यक्तिको सहयोगले आर्थिक अवस्था सुधार गर्ने अवसर मिल्ने छ । आलस्य र तनावबाट टाढा रहनु होला । बोली व्यवहारमा नरमपना आवश्यक छ । आम्दानीमा सुधार आउने छ । सरकारी कर्मचारीलाई अतिरिक्त जिम्मेवारी मिल्न सक्छ । शुभ रंगः हरियो, शुभ अंकः ५
वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुलाई अनुभवी व्यक्तिबाट उपयोगी सुझाव मिल्ने छ । आध्यात्मिक गतिविधिले मन शान्त रहने छ । पुराना विषयले सम्बन्ध बिग्रन सक्छ । आफ्नो सामानको सुरक्षा गर्नु होला । महत्वपूर्ण निर्णय लिन कठिनाइ हुन सक्छ । दाम्पत्य जीवन सुखद रहने छ । शुभ रंगः सुन्तला, शुभ अंकः ६
धनु राशि: धनु राशि भएकाहरुको आर्थिक निर्णयका लागि समय राम्रो छ । विगतका अनुभवबाट सुधार गर्ने मौका मिल्ने छ । अरूको काममा हस्तक्षेप नगर्नु होला । लगानी गर्दा सावधानी अपनाउनु होला । व्यापार विस्तार सफल हुनेछ । अतिरिक्त आम्दानीका स्रोत खुल्न सक्छन् । परिवारमा राम्रो तालमेल रहने छ । शुभ रंगः क्रीम, शुभ अंकः २
मकर राशि: मकर राशि भएकाहरुको समस्या समाधान भएर राहत मिल्ने छ । सामाजिक दायरा बढ्ने छ । बाल-बालिकाप्रति ध्यान दिनु होला । ग्राहकको आवश्यकता बुझ्दा व्यापारमा राम्रो लाभ हुनेछ । जीवनसाथीको सहयोगले आत्मबल बढ्ने छ । शुभ रंगः केशरी, शुभ अंकः १
कुम्भ राशि: कुम्भ राशि भएकाहरुमा दिनभर ऊर्जा र उत्साह रहने छ । रोकिएको पैसा फिर्ता मिल्न सक्छ । हतारमा निर्णय नगर्नु होला । अरूको विषयमा नपर्नु राम्रो हुनेछ । कामको गुणस्तर सुधार गर्न आवश्यक छ । साझेदारीको निर्णय चाँडै लिनुपर्ने हुन सक्छ । घरमा सुखद वातावरण रहने छ । शुभ रंगः सेतो, शुभ अंकः ३
मीन राशि: मीन राशि भएकाहरुको भेटघाट र सम्बन्ध विस्तार हुने दिन छ । घरजग्गा वा सवारी सम्बन्धी योजना अघि बढ्न सक्छ । आफ्नो क्षमता अनुसार मात्र जिम्मेवारी लिनु होmा । विद्यार्थीले पढाइमा ध्यान दिनुपर्छ । प्रतिस्पर्धा बढ्न सक्छ । ठूलो लगानीअघि राम्रो अनुसन्धान गर्नु होला । जीवनसाथीको सहयोगले निर्णय लिन सजिलो हुनेछ । शुभ रंगः पहेँलो हो भने शुभ अंक ९ रहेको छ ।