काठमाडौँ, वैशाख २४ । आज २०८३ वैशाख २४ गते बिहीवार, तद्अनुसार ७ मे २०२६ । आज जेठ कृष्ण पञ्चमी, प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धि दिवस (बागमती प्रदेश विदा), किराँत समाज सुधार दिवस, सूर्योदय बिहानः ०५ः२० बजे, सूर्यास्त साँझः ०६ः४० बजे ।
आजको राशिफल
मेष राशि: मेष राशि भएकाहरुको टाढाको यात्राको योजना बन्न सक्छ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । वरिष्ठ व्यक्तिहरूको मार्ग दर्शन पाइने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । धन आर्जन सजिलो हुनेछ । शुभ रंग गुलावी हो भने शुभ अंक ९ रहेको छ ।
वृष राशि: वृष राशि भएकाहरुको प्रतिस्पर्धा बढ्ने छ । आवश्यक वस्तु समय मै नपाइने सम्भावना छ । बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारबाट दुःख हुन सक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला । शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ ।
मिथुन राशि: मिथुन राशि भएकाहरुको प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । आम्दानीका स्रोतहरूमा वृद्धि हुन सक्छ । व्यवसाय राम्रोसँग चल्ने छ । प्रसन्नता रहने छ । शुभ रंग बदामी हो भने शुभ अंक ३ रहेको छ ।
कर्कट राशि: कर्कट राशि शुभ समाचारहरू प्राप्त हुनेछन् । आत्म विश्वास बढ्ने छ । जोखिम उठाउने साहस आउने छ । दाजुभाइको सहयोग पाइने छ । परिवारसँग मनोरञ्जनको कार्यक्रम बन्न सक्छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ९ रहेको छ ।
सिंह राशि: सिंह राशि भएकाहरुको आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ । पारिवारिक चिन्ता यथावत रहन सक्छ । रोजगारी प्राप्तिको प्रयास सफल हुनेछ । आकस्मिक लाभ मिल्न सक्छ । शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ ।
कन्या राशि: कन्या राशि भएकाहरुको लगानी शुभ रहने छ । व्यापारमा वृद्धि हुनेछ । भाग्यले साथ दिनेछ । नयाँ काम गर्ने इच्छा जाग्ने छ । मन प्रसन्न रहने छ । सामाजिक कार्यमा रुचि बढ्ने छ । मेहनतको राम्रो फल प्राप्त हुनेछ । मान–सम्मान मिल्ने छ । परिवारको सहयोग प्राप्त हुनेछ । मनोरञ्जनका अवसर मिल्ने छन् । जोखिमपूर्ण कामबाट टाढा रहनु होला ।
तुला राशि: तुला राशि राशि भएकाहरुको व्यवसाय लाभदायक रहने छ । लगानी शुभ हुनेछ । साहस र प्रतिष्ठामा वृद्धि हुनेछ । उत्साहजनक समाचार प्राप्त हुनेछ । विलासिताका सामग्रीमा खर्च बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट हुनेछ । परिवार र मित्रहरूसँग रमाइलो समय बित्ने छ । शत्रु पराजित हुनेछन् ।
वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुको मन प्रसन्न रहने छ । भाग्यले साथ दिनेछ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । उपहार तथा सम्मान मिल्न सक्छ । यात्रा लाभदायक हुनेछ । जागिरमा पदोन्नतिको सम्भावना छ । रोजगारीको अवसर प्राप्त हुनेछ । ठूलो समस्याको समाधान निस्किने छ । स्वास्थ्यमा ध्यान दिनु होला ।
धनु राशि: धनु राशि भएकाहरुलाई लाभ हुनेछ । जागिरमा कामको चाप बढ्ने छ । आलस्य नगर्नु होला । बहुमूल्य वस्तु सुरक्षित राख्नु होला । यात्रामा सामान बिर्सन सकिने सम्भावना छ । अनावश्यक खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहन सक्छ । लापरवाही नगर्नु होला । बनेका काम बिग्रिन सक्छन् । विवेक प्रयोग गर्नु होला ।
मकर राशि: मकर राशि भएकाहरुको व्यापारमा वृद्धि हुने योग छ । साझेदारको सहयोग प्राप्त हुनेछ । जागिरमा सहजता रहने छ । अड्किएको पैसा फिर्ता मिल्न सक्छ । यात्रा लाभदायक हुनेछ । ठूलो समस्यासँग सामना हुन सक्छ । व्यवसायमा बढी ध्यान दिनु पर्नेछ । आफ्नै व्यक्तिको व्यवहारले दुःख दिन सक्छ । कानुनी समस्या आउन सक्छ ।
कुम्भ राशि: कुम्भ राशि भएकाहरुको मन प्रसन्न रहने छ । सफलता प्राप्त गर्न बढी मेहनत गर्नु पर्नेछ । जागिरमा अधिकार बढ्ने छ । आम्दानीमा वृद्धि हुनेछ । सुख–सुविधामा खर्च बढ्ने छ । स्वास्थ्यमा ध्यान दिनु होला । सामाजिक प्रतिष्ठा बढ्ने छ । योजना सफल हुनेछन् । ठूलो समस्याको समाधान अचानक निस्किन सक्छ ।
मीन राशि: मीन राशि भएकाहरुको रोकिएका काममा गति आउने छ । तन्त्र–मन्त्र तथा अध्यात्मप्रति रुचि बढ्ने छ । सत्संगको लाभ मिल्ने छ । कानुनी सहयोग प्राप्त हुनेछ । लाभमा वृद्धि हुनेछ । शेयर बजारबाट फाइदा मिल्न सक्छ । घर–बाहिर सम्मान बढ्ने छ । व्यापारमा वृद्धि हुनेछ । भाग्यले साथ दिनेछ ।