दर्ता नभएका हस्पिटल क्लिनिकहरुमा सेवा नदिन चिकित्सकहरूलाई कडा निर्देशन

दर्ता नभएका हस्पिटल क्लिनिकहरुमा सेवा नदिन चिकित्सकहरूलाई कडा निर्देशन : Icon Khabar

काठमाडौं, वैशाख १७ । नेपाल मेडिकल काउन्सिलले दर्ता भएका चिकित्सकहरूलाई स्वीकृत स्वास्थ्य संस्था तथा क्लिनिकमा मात्र सेवा दिन कडा निर्देशन दिएको छ। काउन्सिलले सूचना जारी गर्दै प्रचलित कानुनअनुसार वैधानिक रूपमा दर्ता भएका संस्थामा मात्रै आबद्ध भएर सेवा प्रदान गर्न आग्रह गरेको हो।

काउन्सिलका अनुसार कुनै पनि स्वास्थ्य संस्थामा काम सुरु गर्नु अघि चिकित्सकहरूले सम्बन्धित संस्थाको दर्ता अवस्था, वैधानिकता, प्रदान गर्ने सेवाको प्रकार र सेवा दिन सक्ने क्षमता (capacity) बारे स्पष्ट जानकारी लिएर मात्र संलग्न हुनुपर्नेछ। साथै, चिकित्सकले आफ्नो शैक्षिक योग्यता, दर्ता स्थिति र प्रदान गर्ने सेवाबीच सामञ्जस्य कायम गर्नुपर्नेमा पनि जोड दिइएको छ।

सूचनामा दर्ताविहीन स्वास्थ्य संस्थामा कार्य गर्नु वा त्यस्ता संस्थासँग आबद्ध हुनु पेशागत आचारसंहिता तथा कानुनको उल्लङ्घन मानिने स्पष्ट पारिएको छ। यस्तो कार्यमा संलग्न पाइएमा सम्बन्धित चिकित्सकविरुद्ध काउन्सिल ऐन तथा नियमावलीअनुसार अनुशासनात्मक कारबाही गरिने चेतावनी दिइएको छ।

काउन्सिलले पछिल्लो समय केही चिकित्सकहरू दर्ता नभएका वा मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामा कार्यरत रहेको गुनासो बढेपछि यस्तो निर्देशन जारी गरिएको जनाएको छ। स्वास्थ्य सेवाको गुणस्तर र बिरामीको सुरक्षालाई सुनिश्चित गर्न यस्तो कदम आवश्यक भएको काउन्सिलको भनाइ छ।

काउन्सिलका रजिस्ट्रार डा. सत कुमार देवले जारी गरेको सूचनामा सबै चिकित्सकलाई नियमको पालना गर्न आग्रह गरिएको छ।

Published Date: 01 May 2026






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न