खान पकाउने ग्याँसको मूल्य १५० रुपैयाँले बढ्यो

खान पकाउने ग्याँसको मूल्य १५० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख १८ । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ।

निगमले शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ। नयाँ दरअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा तोकिएको छ।

त्यसैगरी, एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि भएपछि अब एक सिलिन्डरको मूल्य २ हजार १६० रुपैयाँ पुगेको छ।

Published Date: 01 May 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु