आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त

आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त : Icon Khabar

भक्तपुर, वैशाख १० । भक्तपुरमा आज स्थानिय नेवार समुदायले दुगुपूजा मनाउँदैछन्। आज बिहिबारको दिनलाई तःदिन अर्थात वर्षको ठूलो दिनको रुपमा भक्तपुरमा दुगुपूजा मनाइंदैछ।

दुगुपूजा भन्नाले कुलका सबै दाजुभाई एक ठाउँमा भेला भई गरिने पुजाअर्थात कुल पुजा हो। त्यसका लागि घरदेखी कुल देवतालाई आ आफ्नो कुल देवताको पीठमा लगी हाँस, बोका बली दिई प्रसाद ग्रहण गरेर पुनः कुल देवतालाई घर लैजाने प्रचलन रहेको छ ।

आ–आफ्नो कूल देवताको पूजालाई देवाली पूजा मानिएको छ । आफ्नो कुल संस्कृति र संस्कारको परम्परालाई जीवित राख्न र निरन्तरता दिन गरिने पूजालाई देवाली पूजाको रूपमा लिइएको छ ।

भक्तपुरवासीले मनाउने तिथि भनेको अक्षय तृतीया, तः दिन र सिथिनखः मा देखिन्छ । त्यस्तै बारको हिसाबले लिँदा आइतबार र बिहीबार दुगुपूजा गर्ने उत्तम बारको रूपमा मानिएको छ । त्यस्तै दिगु द्योःलाई मनपर्ने फूलको रूपमा मूः स्वां र धँचा स्वां मानिएको छ ।

दुगु द्यः लाई पूजा गर्ने (स्मरण गर्ने) विभिन्न संस्कारजन्य र सांस्कृतिक कार्य

दुगु द्यःलाई विभिन्न संस्कारजन्य र सांस्कृतिक कार्यमा पनि स्मरण गरी पूजाआजा गरेको हुन्छ । उदाहरणको रूपमा: ब्रतवन्ध, बेलविवाह, गुफा राख्दा र विवाहमा लिन सकिन्छ । बेल विवाह गरेको वर्ष छोरी/नातिनीहरूलाई बेल विवाह गर्दा लगाइएकै लुगा, गहना र सलापासहित दुगु द्यः लाई पूजा गर्न लगाई कुलमा भित्र्यइएको मानिन्छ ।

त्यस्तै विवाहमा पनि स्वयम्बर वा ह्वंकेगु बेलामा नयाँ बुहारीको हातबाट दुगु द्यःलाई सुपारी अर्पण गरेपछि मात्रै अन्य परिवारलाई सुपारी दिने (ग्वे साय्गु) चलन छ ।

देवाली पूजामा नयाँ बुहारीलाई स्वयम्बरको बेला अर्पणगरेको सुपारीसहित पानी छरी शुद्ध बनाई साँचो समात्न लगाई नकींले दिगू द्यः कहाँ भित्र्याई आफ्नो कुलमा प्रवेश गराएको मानिन्छ।

स्रोतः ख्वपको पहिचान (भाग–२)

Published Date: 23 April 2026








ताजा
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बिहिबार सुनको मूल्यमा गिरावट
प्रिमियर लिग: हालान्डको सुरुवाती गोलमा म्यानचेस्टर सिटीको शानदार जित








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा