काठमाडौं, फागुन १० । सन्दीप लामिछानेले आफूमाथि लगाइएको विदेश जान प्रतिबन्ध फुकुवा र युएईमा क्रिकेट खेल्न पाउनुपर्ने माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन् । यसअघि उच्च अदालत पाटनले बलात्कारको आरोप लागेका लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि अदालतले उनलाई विदेश जान रोक लगाएको थियो ।
अदालतको आदेश अनुसार लामिछानेले काठमाडौं उपत्यका छाड्न समेत प्रहरीको अनुमति लिनुपर्नेछ । काठमाडौंबाट निस्कनुअघि उनले प्रहरीसँग अनुमति लिएका थिए । लामिछानेका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले लामिछानेको व्यक्तिगत स्वतन्त्रता र आवतजावत गर्ने स्वतन्त्रतामाथिको प्रतिबन्धले हनन भएको बताए ।
त्यसैगरी लामिछानेले पनि जमानतको रकम घटाउन माग गर्ने भएका छन् । उच्च अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा राख्न आदेश दिएको थियो ।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलामा क्लिन स्वीपपछि नेपालले अर्को साता युएईको भ्रमण गर्दैछ । त्यहाँ नेपालले पपुवा न्युगिनी र युएईसँग २–२ खेल खेल्नेछ । अर्को सोमबार पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने तालिका छ । यसअघि पनि सन्दीप लामिछानेले आफूमाथिको विदेश जान प्रतिबन्ध फुकुवा गराउने प्रयास गरिरहेका छन् ।
सर्वोच्चले उच्च अदालतको फैसला परिवर्तन नगरे नेपाली टोली लामिछानेविना युएई जानेछ ।
Published Date: 22 February 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1