भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ

भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ : Icon Khabar

भक्तपुर, चैत २३   भक्तपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट खटिएको संयुक्त टोलीले चैत २२ र २३ गते विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३६ वर्षीय राजु पोतामाहा, भारत मोतीहारी घर भई हाल दुवाकोट बस्दै आएका २४ वर्षीय सोमराती हुसेन, सर्लाही हरिवन घर भई हाल काठमाडौं नरेफाँट बस्ने २९ वर्षीय अजित कार्की र काभ्रेपलाञ्चोक मण्डनदेउपुर–७ घर भई हाल मध्यपुरठिमी–७ नगदेश बस्ने ७५ वर्षीय हर्षबहादुर तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ४ केजी ५२५ ग्राम ‘पोल्याण्ड’ नामक लागूऔषध, १३ केजी ६८० ग्राम गाँजा, ३५ लिटर घरेलु मदिरा, ट्रामाडोल हाइड्रोक्लोराइडका १२० क्याप्सुल र नाइट्राभेट १० पिस बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Published Date: 06 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली