बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २३ मर्निङ्ग ग्लोरी किन्डरगार्टनको ७औँ वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय गान र विद्यालय गानबाट सुरु गरिएको थियो।

समारोहमा नर्सरीका २५ जना र युकेजीका ११ जना बालबालिकालाई दीक्षान्त प्रमाणपत्र वितरण गरिएको थियो। कक्षा १ का ८ जना विद्यार्थीलाई पनि विदाई गरिएको थियो।

कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता पुरस्कार, सक्रिय बालबालिका पुरस्कार, सफा बालबालिका पुरस्कार, अनुशासित बालबालिका पुरस्कार, समयपालन पुरस्कार, उचित पोशाक पुरस्कार, नियमितता पुरस्कार तथा उत्कृष्ट स्वर पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य र धन्यवाद ज्ञापन गरिएको थियो। साथै, अन्य सहभागीहरूले पनि आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा बालबालिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुतीहरू दिएका थिए। नर्सरी बालिकाहरूले “विद्यालय जाऔँ साथी हो, पढ्न लेख्नलाई” गीतमा नृत्य प्रस्तुत गरेका थिए भने कक्षा १ ले “शिव ताण्डव” प्रस्तुत गरेको थियो। प्लेग्रुप तथा डेकेयरका बालबालिकाहरूले एक्शन गीत प्रस्तुत गरेका थिए। नर्सरी बालकहरूले “कालो टोपी भादगाउँले” गीतमा नृत्य गरेका थिए। युकेजीका बालबालिकाहरूले पेशा प्रदर्शन (प्रोफेशन वाक) प्रस्तुत गरेका थिए भने एलकेजीले “हजुरबाले भने थे औँला भाँची” गीत प्रस्तुत गरेको थियो।

त्यसैगरी “मोबाइल मोन्स्टर” नाटक, फ्रेयाको एकल नृत्य, एलकेजीको गीत प्रस्तुति, युकेजी र कक्षा १ को संयुक्त प्रस्तुति “हामी सफल हुनेछौं” तथा “हेर साथी आकाशमा”, “रेशम फिरिरी” लगायतका प्रस्तुतीहरू पनि गरिएको थियो। शिक्षकहरूले “हिमाल, पहाड, तराई” र राष्ट्रिय गीत प्रस्तुत गरेका थिए।

समारोहले बालबालिकाको प्रतिभा उजागर गर्नुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको जनाइएको छ।

Published Date: 06 April 2026






ताजा
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
सोमबार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो
आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता