काठमाडौँ, चैत २२ । खाडी युद्ध लम्बिँदै जाँदा विश्वभर पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि तीव्र बनेको छ। इरानले स्ट्रेट अफ हर्मुजमार्फत जहाज आवतजावतमा रोक लगाएपछि तेल आपूर्ति प्रभावित भएको छ। यसको असर भारत हुँदै नेपालसम्म परेको छ।
नेपालमा इन्धनको लागत अत्यधिक बढ्दा नेपाल आयल निगम गम्भीर घाटामा गएको छ। निगमका अनुसार १५ दिनमै १३ अर्बभन्दा बढी घाटा हुने अवस्था छ। मूल्य नबढाउँदा घाटा बढ्ने र बढाउँदा उपभोक्तामा ठूलो भार पर्ने दुवै चुनौती देखिएको छ।
निगमले खपत घटाउने, सहुलियत वितरण प्रणाली लागू गर्ने र घाटा सरकार–उपभोक्ता–निगमबीच बाँड्ने तीन विकल्प प्रस्ताव गरे पनि सरकारले निर्णय नगर्दा समस्या जटिल बन्दै गएको छ।
इन्धन संकटले अर्थतन्त्र, महँगी र दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने भएकाले तत्काल नीतिगत निर्णय आवश्यक देखिएको छ।
Published Date: 05 April 2026