नेपालको पर्यटन क्षेत्रमा नयाँ संकटमा, बुकिङहरू धमाधम रद्द

नेपालको पर्यटन क्षेत्रमा नयाँ संकटमा, बुकिङहरू धमाधम रद्द : Icon Khabar

काठमाडौं, चैत १५ । खाडी युद्धका कारण उत्पन्न इन्धन अभावले विश्व अर्थतन्त्र मन्दीमा जाने चिन्ता बढेको छ, जसको असर नेपालमा पनि देखिन थालेको छ। इन्धन महँगीसँगै ढुवानी र उत्पादन लागत बढ्दै गएको छ।

यसैबीच, कोभिड–१९पछि पुनः उकासिँदै गरेको नेपालको पर्यटन क्षेत्रमा पनि नयाँ संकट देखिएको छ। इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि खाडी क्षेत्रमा तनाव बढ्दा पर्यटक आगमन घट्ने संकेत देखिएको छ।

होटेल अकुपेन्सी ८०–१०० प्रतिशतबाट घटेर करिब ४०–५० प्रतिशतमा झरेको छ भने ट्रेकिङ बुकिङहरू पनि धमाधम रद्द भइरहेका छन्। मुख्य पर्यटकीय सिजनमै उडान रद्द हुन थालेपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन्।

Published Date: 29 March 2026


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु