राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण

राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण : Icon Khabar

काठमाडौँ, चैत १३ । राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने आफ्नो स्थापनाकालदेखिको स्पष्ट मान्यता पुनः दोहोर्‍याएको छ।

पार्टीले हालैका आम निर्वाचनमा समेत निजामती सेवालाई तटस्थ, निष्पक्ष र व्यावसायिक बनाउँदै सार्वजनिक सेवा प्रवाह तथा विकास व्यवस्थापनलाई प्रभावकारी बनाउन केही प्रतिबद्धताहरू व्यक्त गरिएको स्मरण गराएको छ।

हाल निजामती सेवाभित्र विभिन्न नामका समूह वा अभियान सञ्चालन भइरहेको र ती गतिविधिमा पार्टी तथा नेतृत्वको नाम जोडेर भ्रम फैलाउने प्रयास भइरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ।

पार्टीका अनुसार निजामती प्रशासनभित्र गठन भएका कुनै पनि समूह, अभियान वा युनियन शैलीका संरचनासँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको स्पष्ट गरिएको छ। यस्ता गतिविधिमा पार्टीको नाम जोडेर स्वार्थपूर्ति गर्ने प्रयास नगर्न सम्बन्धित सबैमा आग्रह गरिएको छ।

पार्टीले कर्मचारीहरूको मूल धर्म “जनसेवा” र पहिचान “व्यावसायिकता” भएको उल्लेख गर्दै निजामती सेवालाई मेरिटोक्रेसी (योग्यता प्रणाली) का आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

साथै, प्रशासनलाई राजनीतिक दबाब, डर वा त्रासबाट मुक्त राख्दै पूर्ण तटस्थ, निष्पक्ष र जिम्मेवार भएर जनताको सेवामा समर्पित हुन सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई अपिल गरिएको छ।

उक्त विज्ञप्तिमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले हस्ताक्षर गरेका छन्।

Published Date: 27 March 2026


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग