सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत ९ । साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ५.०१ अंकले बढेर २ हजार ९३६.५६ विन्दुमा कायभ भएको छ । आज सेयरबजारमा ३४२ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये १०२ कम्पनीका सेयरमूल्य बढेका छन् भने १५४ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरबजारमा ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम आइतबारको तुलनामा ३३ प्रतिशतले कमी हो ।

आज सेयरबजारमा सुचीकृत समुहगत परिसूचकमध्ये वित्त, जलविद्युत, लगानी, उत्पादनशील तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड तथा अन्य समूहको परिसूचक बढेका छन् । वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा तथा व्यापार समूहको परिसूचक भने ओरालो लागेका छन् ।

सालपा विकास बैंक, रिलायन्स् स्पिनिङ् मिल्स् तथा सोलु हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सनराईज फस्ट म्युचुअल फण्ड, कुमारी धनवृद्धि योजना तथा सिन्धु विकास बैंकका सेयरधनी रहेका छन् ।

Published Date: 23 March 2026


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी