बिस्का जात्राका लागि अव्यवस्थित रूपमा फैलिएका केबल तथा तार हटाइने

बिस्का जात्राका लागि अव्यवस्थित रूपमा फैलिएका केबल तथा तार हटाइने : Icon Khabar

भक्तपुर, चैत ९ । भक्तपुरमा आगामी बिस्का जात्रा लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सोमबार सरोकारवालाबीच छलफल भएको छ। कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सहरलाई सफा र सुन्दर बनाउन बजार क्षेत्रमा छत एकरूप बनाउने काम भइरहेको जानकारी दिए।

अव्यवस्थित रूपमा फैलिएका केबल तथा तार व्यवस्थापन आवश्यक रहेकोमा जोड दिँदै वडाध्यक्ष रविन्द्र ज्याख्वले अनावश्यक तार हटाउनुपर्ने बताए। प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पनि तार व्यवस्थापनले सहर सुन्दर बनाउनुका साथै दुर्घटना जोखिम घटाउने उल्लेख गरे।

बैठकले जात्राका क्रममा तारमा हुनसक्ने क्षति कम गर्न अनावश्यक तार हटाउने र व्यवस्थित गर्ने निर्णय गर्दै दिलिप सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ।

Published Date: 23 March 2026


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी