अष्ट्रेलियाको बेरोजगारी बढ्यो , बेरोजगारी दर बढेर ४.३ प्रतिशत

अष्ट्रेलियाको बेरोजगारी बढ्यो , बेरोजगारी दर बढेर ४.३ प्रतिशत : Icon Khabar

काठमाडौँ, चैत ८ । फेब्रुअरी महिनामा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.३ प्रतिशत पुगेको छ ।अर्थशास्त्रीहरू स्थिर रहने अपेक्षा गरे पनि बेरोजगारी बढेको हो।

अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको विवरणअनुसार जनवरीमा ४.१ प्रतिशत रहेको आधिकारिक बेरोजगारी दर फेब्रुअरीमा बढेर ४.३ प्रतिशत पुगेको हो । जनवरी र फेब्रुअरीको बीचमा रोजगारी प्राप्त अष्ट्रेलियालीहरूको संख्या ४८ हजार ९ सयले बढेको छ ।

यद्यपि, सोही अवधिमा बेरोजगार अष्ट्रेलियालीहरूको संख्यामा ३५ हजार (अर्थात ५.६ प्रतिशत) ले वृद्धि भएका कारण रोजगारीको त्यो वृद्धिलाई यसले असनतुलित बनाएको हो । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन र अष्ट्रेलियन एसोसिएटेड प्रेसले जानकारी दिएअनुसार अर्थशास्त्रीहरूले फेब्रुअरीमा बेरोजगारी दर ४.१ प्रतिशत मै स्थिर रहने अपेक्षा गरेका थिए ।

रोजगारीमा देखिएको यो वृद्धि मुख्यतया आंशिक समयको रोजगारीका कारण भएको हो । जसमा ७९ हजार ४ सयले वृद्धि भयो । अर्कोतर्फ, पूर्णकालीन रोजगारीमा रहेका मानिसहरूको संख्या भने ३० हजार ५ सयले घटेको छ ।

यसको फलस्वरूप, अष्ट्रेलियालीहरूले काम गरेको कुल घण्टा जनवरीको तुलनामा फेब्रुअरीमा ०.२ प्रतिशतले कम रहन गयो । रोजगारीमा रहेका वा सक्रिय रूपमा काम खोजिरहेका उमेर समूहको जनसंख्या श्रम सहभागिता दर अनुपात ६६.७ प्रतिशतबाट बढेर ६६.९ प्रतिशत पुगेको छ ।

Published Date: 22 March 2026


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न