काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ स्तरमा, विश्वका प्रदूषित सहरमध्ये छैटौं स्थानमा

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ स्तरमा, विश्वका प्रदूषित सहरमध्ये छैटौं स्थानमा : Icon Khabar

काठमाडौं, फागुन २८ । काठमाडौंमा वायुको गुणस्तर अझै उल्लेख्य रूपमा सुधार हुन सकेको छैन। पछिल्ला दिनमा निकै खराब अवस्थामा पुगेको वायु प्रदूषण आज पनि अस्वस्थ स्तरमै कायम रहेको छ।

रियल–टाइममा वायुको गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) १८५ पुगेको छ। सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ।

नेपाल सरकारद्वारा स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि पुगेमा वायु गुणस्तर खतरनाक तहमा पुगेको संकेत मानिन्छ।

हाल काठमाडौं विश्वका सबैभन्दा अस्वस्थ वायु भएका सहरहरूमध्ये छैटौं स्थानमा परेको छ। पहिलो स्थानमा उज्वेकिस्तान, दोस्रो स्थानमा भियतनाम, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा भारतको दिल्ली र पाँचौं स्थानमा भारतकै कोलकाता रहेका छन्। यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाका भने अहिले दशौं स्थानमा झरेको छ।

वायु प्रदूषण बढ्दै गएपछि सरोकारवाला निकायहरूले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। विशेषगरी बाहिर निस्कँदा मास्क प्रयोग गर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन सुझाव दिइएको छ।

Published Date: 12 March 2026






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न