बुधबार नेप्से परिसूचक ४६.७८ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ४६.७८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, फागुन २७ । लगानीकर्ताहरु नाफा बुक गर्न उत्साहित हुँदा सेयर बजार परिसूचक नेप्सेमा चाप परेको छ ।

आज बुधबार नेप्से ४६.७८ अंकले घटेर २ हजार ७९६.५७ विन्दुमा कायम भएको हो । हिजो पनि नेप्से उच्च अंकले घटेको थियो भने कारोबार रकम पनि उच्च थियो ।

आज बजारमा ३२९ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ३४ कम्पनीका सेयर मूल्य बढेका छन् भने २२५ कम्पनीका सेयर मूल्यमा गिरावट आएको छ ।

आज सेयर बजारमा ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम हिजोको तुलनामा झण्डै ३९ प्रतिशत कम हो ।

Published Date: 11 March 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु