बोतलमा पेट्रोलियम पदार्थ बिक्रि नगर्न आयल निगमको निर्देशन

बोतलमा पेट्रोलियम पदार्थ बिक्रि नगर्न आयल निगमको निर्देशन : Icon Khabar

काठमाडौं, फागुन २५ । नेपाल आयल निगमले विभिन्न स्थानमा केही पसल तथा व्यक्तिहरूले बोतल तथा जेरिक्यानमा पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टीतेल आदि बिक्री वितरण गरिरहेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

निगमले सोमबार पेट्रोलियम डिलर्स एसोसिएसन, धनुषा र महोत्तरीलाई पत्र लेख्दै यस्तो निर्देशन जारी गरेको हो ।

सार्वजनिक गुनासो प्राप्त भएकातर्फ ध्यानाकर्षण भएको जनाउँदै निगमले अतिप्रज्ज्वलनशील पेट्रोलियम पदार्थ यसरी बिक्री गर्दा आगलागी तथा विस्फोटजस्ता दुर्घटनाको सम्भावना बढ्ने बताएको छ ।

पत्रमा विक्रेता तथा पेट्रोल पम्पहरूलाई बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिइएको छ ।

Published Date: 10 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने