बोतलमा पेट्रोलियम पदार्थ बिक्रि नगर्न आयल निगमको निर्देशन

बोतलमा पेट्रोलियम पदार्थ बिक्रि नगर्न आयल निगमको निर्देशन : Icon Khabar

काठमाडौं, फागुन २५ । नेपाल आयल निगमले विभिन्न स्थानमा केही पसल तथा व्यक्तिहरूले बोतल तथा जेरिक्यानमा पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टीतेल आदि बिक्री वितरण गरिरहेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

निगमले सोमबार पेट्रोलियम डिलर्स एसोसिएसन, धनुषा र महोत्तरीलाई पत्र लेख्दै यस्तो निर्देशन जारी गरेको हो ।

सार्वजनिक गुनासो प्राप्त भएकातर्फ ध्यानाकर्षण भएको जनाउँदै निगमले अतिप्रज्ज्वलनशील पेट्रोलियम पदार्थ यसरी बिक्री गर्दा आगलागी तथा विस्फोटजस्ता दुर्घटनाको सम्भावना बढ्ने बताएको छ ।

पत्रमा विक्रेता तथा पेट्रोल पम्पहरूलाई बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिइएको छ ।

Published Date: 10 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय