डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो

डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो : Icon Khabar

भक्तपुर, फागुन २१ ।  डिजिटल प्रविधिको व्यापक प्रयोग भइरहेका बेला पनि मतदानका क्रममा पटक–पटक मतदाता परिचय रूजू गराउनुपर्ने प्रक्रियाले झन्झटिलो बनाएको भन्दै भक्तपुर नगरपालिका वडा नं ६ स्थित ख्वप कलेज मतदान केन्द्रमा उपस्थित मतदाताहरूले असन्तुष्टि जनाएका छन्।

मतदाताहरूले मतदान केन्द्र प्रवेश गर्दा, नामावली जाँच गर्दा र मतपत्र लिनुअघि पुनः परिचय रूजू गराउनुपर्ने बाध्यताले अनावश्यक ढिलाइ भएको गुनासो गरेका छन्। उनीहरूले डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयन नभएको कारण लामो लाइनमा बस्नुपरेको बताए।

“देश डिजिटल युगमा प्रवेश गरिसक्यो भनिन्छ, तर यहाँ अझै पनि कागजी प्रक्रिया र बारम्बार परिचय जाँच गर्नुपर्दा हैरानी भएको छ,” एक मतदाताले भने। अर्का एक मतदाताले प्रविधिको प्रयोगलाई व्यवस्थित बनाइए मतदान प्रक्रिया अझ सहज र छिटो हुने धारणा राखे।

मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति रहेको थियो। सुरक्षाकर्मी तथा कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गरिरहे पनि व्यवस्थापन पक्षले प्रविधिमैत्री प्रणाली अवलम्बन नगरेको भन्दै मतदाताहरूले सुधारको माग गरेका छन्।

मतदाताहरूले आगामी निर्वाचनहरूमा डिजिटल परिचय प्रमाणीकरण प्रणालीलाई प्रभावकारी रूपमा लागू गरी झन्झटरहित मतदान वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

Published Date: 05 March 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय