भक्तपुरबाट इन्सास राइफलसहित एक जना पक्राउ, थप अनुसन्धान जारी

भक्तपुरबाट इन्सास राइफलसहित एक जना पक्राउ, थप अनुसन्धान जारी : Icon Khabar

भक्तपुर, फागुन १९ । विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भक्तपुरबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मिति २०८२ फागुन १९ गते बिहान करिब ९ बजे हतियार लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा गरिएको संयुक्त अपरेसनका क्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोल बस्दै आएका ३१ वर्षीय आयन सेढाईलाई नियन्त्रणमा लिइएको हो ।

उनको साथबाट A8896 नम्बरको इन्सास राइफलसहित विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सामग्रीमा एसएलआर राइफलका ४ राउण्ड गोली, प्लास्टिक राउण्ड १ थान, सटगनमा प्रयोग हुने १ राउण्ड, खुकुरी १ थान, खुकुरीको दाप २ थान, बन्चरो १ थान तथा लागूऔषध प्रयोगमा प्रयोग हुने ५ थान सिरिन्ज रहेका छन् ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 03 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय