फेब्रुअरीमा १ लाख ५ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

फेब्रुअरीमा १ लाख ५ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए : Icon Khabar

काठमाडौं, फागुन १९ । फेब्रुअरी २०२६ मा नेपालमा १ लाख ५ हजार ४ सय ४१ पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ८.८ प्रतिशतले बढी हो।

फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए । भारतीय पर्यटक आगमनमा १८.५ प्रतिशत वृद्धि हुँदा समग्र आगमन बढ्न सहयोग पुगेको बोर्डले जनाएको छ। यस अवधिमा भारतबाट २२ हजार ७ सय ४५ पर्यटक नेपाल आएका छन्।

चीन, श्रीलंका र म्यानमारबाट आउने पर्यटक संख्यामा उल्लेख्य सुधार देखिएको छ भने बंगलादेश, अमेरिका र अस्ट्रेलियाबाट आउने पर्यटक संख्या घटेको छ। बेलायतबाट आउने पर्यटक भने ११.१ प्रतिशतले बढेका छन्।

यस वर्ष जनवरीमा ९२ हजार ७ सय ५३ पर्यटक नेपाल भित्रिएका थिए भने फेब्रुअरीमा आगमन थप बढेर १ लाख ५ हजार ४ सय ४१ पुगेको छ।

Published Date: 03 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय