फेब्रुअरीमा १ लाख ५ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

फेब्रुअरीमा १ लाख ५ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए : Icon Khabar

काठमाडौं, फागुन १९ । फेब्रुअरी २०२६ मा नेपालमा १ लाख ५ हजार ४ सय ४१ पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ८.८ प्रतिशतले बढी हो।

फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए । भारतीय पर्यटक आगमनमा १८.५ प्रतिशत वृद्धि हुँदा समग्र आगमन बढ्न सहयोग पुगेको बोर्डले जनाएको छ। यस अवधिमा भारतबाट २२ हजार ७ सय ४५ पर्यटक नेपाल आएका छन्।

चीन, श्रीलंका र म्यानमारबाट आउने पर्यटक संख्यामा उल्लेख्य सुधार देखिएको छ भने बंगलादेश, अमेरिका र अस्ट्रेलियाबाट आउने पर्यटक संख्या घटेको छ। बेलायतबाट आउने पर्यटक भने ११.१ प्रतिशतले बढेका छन्।

यस वर्ष जनवरीमा ९२ हजार ७ सय ५३ पर्यटक नेपाल भित्रिएका थिए भने फेब्रुअरीमा आगमन थप बढेर १ लाख ५ हजार ४ सय ४१ पुगेको छ।

Published Date: 03 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड