मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, फागुन १९ । मध्यपूर्वमा चर्किएको युद्धपछि सुरक्षित लगानीप्रतिको आकर्षण बढ्दा सुनको मूल्यमा उकालो लाग्ने क्रम निरन्तर छ । यो क्रममा मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ । यो भनेको अघिल्लो दिनको मूल्यको तुलनामा प्रतितोला २ हजार ५०० महंगो हो । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १०० रहेको थियो ।

सुन बढे पनि चाँदीको मूल्य भने मंगलबार घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ६ हजार २० रुपैयाँ रहे पनि मंगलबार भने घटेर ५ हजार ८१५ कायम भएको छ ।

Published Date: 03 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने