मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, फागुन १९ । मध्यपूर्वमा चर्किएको युद्धपछि सुरक्षित लगानीप्रतिको आकर्षण बढ्दा सुनको मूल्यमा उकालो लाग्ने क्रम निरन्तर छ । यो क्रममा मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ । यो भनेको अघिल्लो दिनको मूल्यको तुलनामा प्रतितोला २ हजार ५०० महंगो हो । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १०० रहेको थियो ।

सुन बढे पनि चाँदीको मूल्य भने मंगलबार घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ६ हजार २० रुपैयाँ रहे पनि मंगलबार भने घटेर ५ हजार ८१५ कायम भएको छ ।

Published Date: 03 March 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय