नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, फागुन १९ । काठमाडौँका नयाँ बानेश्वरमा टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएको छ । मंगलबार बिहान बिजुलीबजारबाट तिनकुनेतर्फ गइरहेको बा.२ क ३२२९ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा सवार बद्री कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

भक्तपुरका लोकन्थली बस्दै आएका ४८ वर्षीय कोइराला सुनसरीको इनरुवा नगरपालिका–५ का स्थानीय हुन् । उनी भक्तपुरस्थित क्षयरोग केन्द्रका नासु हुन् । टिपरले कोइरालाले चलाएको प्रदेश–३–००१ ब.९४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

टिपर चालक गोरखाको भुम्लिचोक घर भएका २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले पक्राउ गरेको छ । टिपर फोहोर संकलनमा प्रयोग हुने गरेको एसपी भट्टराईले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Published Date: 03 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने