मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन हुन्छ: निर्वाचन आयोग

मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन हुन्छ: निर्वाचन आयोग : Icon Khabar

काठमाडौं, फागुन १८ । निर्वाचन आयोगले मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्ने बताएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसका लागि आवश्यक तयारी गरिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि यही फागुन २१ गते मतदान हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् ।

‘स्वच्छ भएर, सोचेर मतदान कार्यमा सहभागी हुनुस् । मतदानको कार्य सम्पन्न भएपछि आयोगले जतिसक्दो छिटो मतपेटिका संकलन गरेर मतगणणा गरी नतिजा प्रकाशन गर्नेछ’ भण्डारीले भनेका छन्, ‘मैले त मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्छ भन्ने गरेको छु ।’

२१ फागुनको निर्वाचनका लागि आयोगले यही फागुन ४ गतेदेखि १८ गते आज (सोमबार)सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । आज राती १२ बजेबाट मौन अवधि शुरु हुन्छ । यो मतदानको प्रक्रिया शुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ ।

मौन अवधिमा सचेत पनि आयोगले सबैलाई आग्रह गरेको छ । भण्डारीको आग्रह छ, ‘सबैले अनुशासनको लयमा बसेर कार्यसम्पादन गरिदिनुस्, मौन अवधिलाई मौन नै बसेर स्वीकार गरिदिनुस् ।’

Published Date: 02 March 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने