मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन हुन्छ: निर्वाचन आयोग

मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन हुन्छ: निर्वाचन आयोग : Icon Khabar

काठमाडौं, फागुन १८ । निर्वाचन आयोगले मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्ने बताएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसका लागि आवश्यक तयारी गरिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि यही फागुन २१ गते मतदान हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् ।

‘स्वच्छ भएर, सोचेर मतदान कार्यमा सहभागी हुनुस् । मतदानको कार्य सम्पन्न भएपछि आयोगले जतिसक्दो छिटो मतपेटिका संकलन गरेर मतगणणा गरी नतिजा प्रकाशन गर्नेछ’ भण्डारीले भनेका छन्, ‘मैले त मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्छ भन्ने गरेको छु ।’

२१ फागुनको निर्वाचनका लागि आयोगले यही फागुन ४ गतेदेखि १८ गते आज (सोमबार)सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । आज राती १२ बजेबाट मौन अवधि शुरु हुन्छ । यो मतदानको प्रक्रिया शुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ ।

मौन अवधिमा सचेत पनि आयोगले सबैलाई आग्रह गरेको छ । भण्डारीको आग्रह छ, ‘सबैले अनुशासनको लयमा बसेर कार्यसम्पादन गरिदिनुस्, मौन अवधिलाई मौन नै बसेर स्वीकार गरिदिनुस् ।’

Published Date: 02 March 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय